Home / Feature Breaking news / सारंगी रेटेर चलेको गन्धर्वको जीवन

सारंगी रेटेर चलेको गन्धर्वको जीवन

दाङ,३ बैशाख ।
डालीको फुलझार्ननपरोस
मरे हुन्छ भन्छेउ रे मलाई त
तिम्लाई कैले मर्न नपरोस …….यो गित किसान गन्धर्वले गाएको गीत हो । धुन र स्वर बेचेर उनले दैनिक एक हजार कमाउने गरेका छन् । यसलाइ उनले दैनिक गुजाराको पेसा वनाएका छन् । बाल्यकालदेखि नै सारगी बजाउदै आएका किसानले पछिल्लो समय व्यवसायीक रुपमा सारगी बजाउदै जीवन धानेका छन । तुलसीपुर उपमहानगरपालिका—१७ नयाँबस्ति निवासी ४१ बर्षिय गन्धर्व पछिल्लो समय काठमाण्डौ बसेर गायन तथा बाध्यबादनमा लागेको बताए ।

सातवर्षको उमेरमा पढ्न विद्यालयजादै गरेका किसानलाई उनको वुवाले पिटेर सारङगी थमाईदिएको सम्ंझनागर्दै किसानले पढ्न नपाएकोमा भने पछुतो छ । ‘पढ्न पाएको भए जीवनमा अलि धेरै प्रगतिगर्थे होला’, किसानले भने,‘पढ्न नपाएकाले लेखपढ गर्न आउदैन,त्यसैले अहिले पछुतो लाग्ने गर्छ ।’ पढाई छोडेपछि गाउँका साथीहरुसँग भागेर भारतको हिमाञ्चल पुगेर लेवर काम गरेको किसान बताउछन । त्यहि वस्दा सारंगी र मादल वजाउ नसिके तर बाल्यकालमा भने सारगी बोकेर हिड्न नपरेको उनी बताउछन ।

केहीबर्ष पहिले सारंगी सहित काठमाण्डौ छिरेका किसान पछिल्लो समय रोधी घरमा सारगीसँगे बादम बजाउने कामगर्दै आएको बताउछन । ‘काठमाण्डौमा छिरेपनि राम्रै भएको छ,खास्सै घरघरमा बजाउन जादैन’,उनले भने,‘प्राय रोधीघरमा नै बजाउने गरेको छु,कहिले कही बाहिरवाट बोलाएको अवस्थामा जाने गरेको छु ।’ उनका अनुसार यसरी बजाउदा उनले दैनिक २५ सयदेखि ३ हजार २५ सयसम्मकमाई गर्ने गरेका छन । काठमाण्डौमा गन्धर्वलाई हेलाभन्दा बढि सम्मान गर्छन । ‘दाङमा घर घरमा बोलाएर बजाउन, गाउन लगाउने सस्कार छैन’,उनले भने,‘काठमाण्डौमा घरमा बोलाएर सारगी बजाउने,गाउन पढाउने गर्ने गरिन्छ,त्यो अनुसार राम्रो पैसासँगै खाना,लाउने कपडा समेत दिने गर्छन ।’

बाहिर हिड्दा कहिंकंही नराम्रो मान्ने मानिसहरु पनि भेटिन्छन । मौलिकबाजाबजाएर सस्कृतिको संरक्षण गर्ने मानिसहरुलाई नराम्रो दृष्टिले हेर्दा आफुहरुलाई नराम्रो लाग्ने गरेको उनले बताए । गतल सस्कारका कारण पछिल्लो पुस्ता सारगी बजाउने भन्दाबाहिर गएर मजदुरी कामगर्ने गरेको उनको भनाई छ ।

‘गन्धर्व जातिका धेरैलाई सारंगी वजाउन आउदैन, गलत दृष्टिले हेर्नेहुदा पछिल्लो पुस्ता घरघर हिडेर माग्दै हिड्न लाज मान्छन’, किसानले भने,‘जस्का कारण गन्धर्वहरुको मौलिक पेशा संकटमा पर्दै गएको छ ।’ किसानले काठमाण्डौका रत्यौली,अन्यकार्यक्रम, रोधिघर लगाएतका विभिन्न घरहरुमा गायर मासिक २० देखि ३० हजारसम्म कमाउने गरेको बताए । यसरी नै आफुले श्रीमति,छोरा र छोरीसहितको ५ जनाको परिवार पाल्दै आएको उनी बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*