Home / Feature Breaking news / गाैतम नगर मार्केट सामाजिक क्षेत्रमा, २३ जनाले गरे रक्तदान

गाैतम नगर मार्केट सामाजिक क्षेत्रमा, २३ जनाले गरे रक्तदान

घाेराही, ११ जेठ

घाेराहीकाे निमा हल राेडमा रहेकाे गाैतम नगर मार्केटकाे अायाेजनामा शनिवार मार्केटमा रक्तदान कार्यक्रम गरिएकाे छ । गाैतम नगर मार्केट व्यवसायी समितिकाे अायाेजनामा रक्तदान कार्यक्रम भएकाे हाे ।

त्यस अवसरमा २३ जनाले रक्तदान गरेका थिए । जसमा पुरन जि.एम, सरद बञ्जाडे, सरद पाैडेल, बलबहादुर के.सी, अनुप शर्मा, देवराज रिजाल, सन्ताेष सुवेदी, लिलाधर वली, देवी भण्डारी, जयप्रकाश गिरी, ज्वाला खतिवडा, भुपेन्द्र भुषालले रक्तदान गर्नुभएकाे थियाे ।

त्यसैगरि कुलराज ज्ञवाली, सिर्जनकुमार रेग्मी, कमल थपलीया, उमेश पाैडेल, दिनेश खड्का, सुरेन्द्र बि.क, तारादेवी डाँगी, राेहित उपाध्याय, तिर्थ रेग्मी, सरिता लामीछाने र नारायण लामीछानेले रक्तदान गर्नुभएकाे थियाे ।

गाैतम नगर मार्केट व्यवसायी समितिका अध्यक्ष प्रकाश शर्माकाे अध्यक्षता एवं दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले मार्केटले रक्तदान कार्यक्रम गरेकाे याे पहिलाे कार्य भएकाे बताएका थिए ।

उनीहरूले रगतकाे अभावमा कसैले ज्यान गुमाउन नपराेस् भन्ने उद्धेश्यकासाथ समय समयमा सबै क्षेत्रले रक्तदान गर्नुपर्ने बताए ।

व्यवसायीहरूले नाफामात्र हेर्ने गरेकाे अावाज अाईरहेकाे समयमा गाैतम नगर मार्केटका व्यवसायीहरूले व्यवासीहरू सामाजिक क्षेत्रमा पनि कार्य गर्छन् भन्ने गतिलाे उदाहरण दिएकाे वक्ताहरूकाे भनाई थियाे । यसबाट अन्य व्यवसायीहरूले पनि पाठ सिक्नुपर्ने कार्यक्रमका सहभागीहरूकाे भनाई थियाे ।

कार्यक्रममा बाेल्दै गाैतम नगर मार्केटका व्यवस्थापक राजीव गाैतमले मार्केटले नयाँ कार्यहरू गर्दै अाएकाे र व्यवसायीहरूलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने उद्धेश्यकासाथ रक्तदान कार्यक्रम अायाेजना गरिएकाे बताउनुभयाे । मार्केटमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँगकाे सहकार्यमा रक्तदान कार्यक्रम अायाेजना गरिएकाे व्वस्थापक गाैतमले बताउनुभयाे ।

कार्यक्रममा नागरिक समाज दाङका संयाेजक चन्द्रराज पन्त, गाेरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलाेचना गाैतमले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रमकाे सहजिकरण समितिका उपाध्यक्ष जिवा भुषालले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*