Home / Feature Breaking news / देउखुरीमा सालको काठसहित ३ जना पक्राउ

देउखुरीमा सालको काठसहित ३ जना पक्राउ

दाङ, ११ भदौ । देउखुरीमा सालको काठसहित तीन जना पक्राउ परेका छन् । गढवा गाउँपालिका–६ गढवा लमही रोडबाट शुक्रवार विहान ३ बजे सालको काठसहित तीन जना फक्राउ परेका हुन ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरीको टोलीले लु २ च ७७४१ नम्बरको पिकअप जिपसहित राप्ती गाउँपालिका–५ कालापानी बस्ने २६ बर्षीय प्रदिपकुमार चौधरी, गढवा गाउँपालिका–४ खड्गपुर निवासी २४ बर्षीय साहिद मुसलमान र राप्ती गाउँपालिका ८ पिपरा निवासी ३७ बर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट गाडीमा राखीएको १२ थान सालको चिरान काठ फेला परेको उनले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई आबश्यक कारवाहीका लागी वन डिभिजन कार्यालय लमही देउखुरीमा बुझाईएको प्रवक्ता रिजालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*