Home / Feature Breaking news / दाङमा पालिकामा बेरुजुको चाङ

दाङमा पालिकामा बेरुजुको चाङ

दाङ, ११ भदौ । जिल्लामा सबैभन्दा बढी बेरुजु गढवा गाउँपालिकामा छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनका अनुसार जिल्लाका दश पालिकामध्ये सबैभन्दा बढी बेरुजु गढवामा छ भने सबैभन्दा कम बबई गाउँपालिकामा रहेको प्रतिबेदनमा छ । जिल्लामा १० वटा स्थानीय तहहरु रहेका छन् । २ उपमहानगरपालिका १ नगरपालिका र ७ वटा गाउँपालिकाहरु रहेका छन् ।

महालेखा परीक्षकको कार्यालयले गरेको २०७७ को परीक्षणमा तुलसीपुर उपमहानगरपालिकाको बेरुजु २० करोड ९० लाख १० हजार रहेको छ । जसमा असुल गर्नुपर्ने बेरुजु २५ लाख १८ हजार रुपैयाँ रहेको छ । प्रमाण कागजपत्र पेश गर्नुपर्ने ९ करोड २९ लाख ९० हजार, नियमित गर्नुपर्ने ९ करोड ६ लाख १ हजार, पेश्की बाँकी १ करोड ४८ लाख ४ हजार रहेको छ । घोराही उपमहानगरपालिकाको १४ करोड ६२ लाख ६२ हजार रहेको छ । जसमा असुल गर्नुपर्ने रकम ३ करोड ५४ लाख ७४ हजार रहेको छ ।

नियमित गर्नुपर्ने ३ करोड १४ लाख ८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४ करोड ७५ लाख ४५ हजार र पेश्की बाँकी ३ करोड १ लाख ३५ हजार रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । लमही नगरपालिकामा १८ करोड २२ लाख ५९ हजार बेरुजु रहेको छ । असुल गर्नुपर्ने ३७ लाख ४९ हजार रहेको छ । नियमित गर्नुपर्ने ९५ लाख ७० हजार, कागजात प्रमाण पेश गर्नुपर्ने १६ करोड ३२ लाख ६६ हजार र पेश्की बाँकी ५६ लाख ७४ हजार रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा रहेको छ ।

यसैगरेर शान्तिनगर गाउँपालिकामा ३ करोड ७१ लाख ७८ हजार बेरुजु छ । असुल गर्नुपर्ने ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । नियमित गर्नुपर्ने १ करोड ७१ लाख ७० हजार, प्रमाण पेश गर्नुपर्ने १ करोड ४६ लाख ३८ हजार र पेश्की बेरुजु १८ लाख ५८ हजार छ । राप्ती गाउँपालिकामा ६ करोड ७७ लाख ३० हजार बेरुजु छ । जसमा असुल गर्नुपर्ने बेरुजु १ करोड ८ लाख नियमित गर्नुपर्ने ३८ लाख २ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ३ करोड ४६ लाख ६३ हजार र पेश्की बाँकी १ करोड ४ लाख ६५ हजार रहेको छ ।

राजपुर गाउँपालिकाको बेरुजु ६ करोड ९९ लाख ३० हजार रहेको छ । असुल गर्नुपर्ने ८६ लाख ४ हजार रुपैयाँ रहेको छ । कागजात प्रमाण पेश गर्नुपर्ने ३ करोड ४७ लाख, नियमित गर्नुपर्ने २ करोड ४५ लाख ९४ हजार र पेश्की बाँकी २० लाख ३२ हजार रहेको छ । गढवा गाउँपालिकाको २३ करोड ७१ लाख १ हजार बेरुजु छ । असुल गर्नुपर्ने १ लाख २३ हजार छ । नियमित गर्नुपर्ने २६ लाख ६ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २२ करोड १४ लाख १ हजार र पेश्की बाँकी ४९ लाख रहेको वार्षिक प्रतिवेदनमा छ ।

त्यसैगरेर दंगीशरण गाउँपालिकाको ३ करोड ९ लाख ३९ हजार बेरुजु रहेको छ । असुल गर्नुपर्ने ३३ लाख ३५ हजार रहेको छ । प्रमाण कागजात पेश गर्नुपर्ने १९ लाख १२ हजार, नियमित गर्नुपर्ने २ करोड ४३ लाख ६१ हजार र पेश्की बाँकी १३ लाख ३१ हजार रहेको छ । बंगलाचुली गाउँपालिकामा ४ करोड ६४ लाख ८ हजार बेरुजु छ । जसमा असुल गर्नुपर्ने १ करोड ३ लाख ९ हजार रहेको छ । नियमित गर्नुपर्ने ८३ लाख ८७ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड १ लाख ७ हजार र पेश्की बाँकी १ करोड ७४ लाख ५४ हजार रहेको छ ।

बबई गाउँपालिकामा ३ करोड २ लाख १५ हजार बेरुजु छ । असुल गर्नुपर्ने ४५ लाख ५७ हजार रहेको छ । प्रमाण कागजात पेश गर्नुपर्ने ३५ लाख, नियमित गर्नुपर्ने २ करोड २१ लाख ५८ हजार रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*