Home / Feature Breaking news / दाङ महिला जेसीजद्वारा विद्यालय प्राङ्गणमा वृक्षारोपन

दाङ महिला जेसीजद्वारा विद्यालय प्राङ्गणमा वृक्षारोपन

दाङ, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा दाङ महिला जेसीजले एक विद्यालयमा वृक्षारोपन गरेको छ । नेपाल जेसीजले थालेको ‘एक विरुवा, मेरो जिम्मेवारी’ भन्ने अभियान अन्तर्गत दाङ महिला जेसीजले आइतवार घोराही उपमहानगरपालिका–१२ स्थीत हापुर माध्यामिक विद्यालय निघुवारको प्राङ्गणमा वृक्षारोपन गरेको हो ।

दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष दोर्णबहादुर बहकरीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर परियारको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको प्राङ्गणमा पारिजात, कपुरलगायतका विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।

वृक्षारोपन कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल जेसीजले सुरुवात गरेको ‘एक विरुवा, मेरो जिम्मेवारी’ भन्ने राष्ट्रिय अभियान सुरु गरेकोमा जेसीजको उच्च प्रशंसा गरेका थिए । साथै बक्ताहरुले राम्रो कामको सुरुवात आफैवाट गर्नुपर्ने भन्दै जेसीजले गरेको कामलाई सदैव सहयोग र साथ रहने धाराना राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बहकरीले विश्व वातावरण दिवसको अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १२ मा रहेको विद्यालयलाई छनोट गरि वृक्षारोपन गरेकोमा महिला जेसीजलाई धन्यावाद ज्ञापन गर्दै रोपेका विरुवाहरुलाई बचाउनका लागि ध्यानदिनुपर्ने बताएका थिए । साथै उनले आगामी दिनहरुमा सामाजिक कार्यका लागि वडा कार्यालयले जेसीजसँग सहकारी गरेर काम गर्ने समेत प्रतिवद्धता जनाउका थिए ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, हापुर माध्यामिक विद्यालयका निमित्त प्रअ थानेश्वर अधिकारीलगायतले वातावरण संरक्षणका लागि वृक्षारोपन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रम संयोजक एवं उपाध्यक्ष लक्ष्मी घमालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा उपाध्यक्ष मीना भण्डारी वलीले आस्थापाठ गराएकी थिइन । शाखाका जनसम्पर्क अधिकारी जुनकुमारी बुढाले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव नारायण भण्डारीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*