Home / Feature Breaking news / तुलसीपुरमा होटेल स्तरीकरण सुरु

तुलसीपुरमा होटेल स्तरीकरण सुरु

गोकर्ण पौडेल

तुलसीपुर,२३ जेठ । तुलसीपुर उपमहागरपालिका भित्र रहेका होटेलहरुको स्तरीकरण सुरु गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसिपुरले यश क्षेत्रमा रहेका होटेलहरुको सेवा,‌खाद्य वस्तु,सरसफाइलगायतका सूचाकाङ्कमा राखेर स्तरीकरण सुरु गरिएको हो ।

डिभिजन कार्यालयका प्रमुख उज्ज्वल रायमाझीले चार क्षेत्रमा विभाजन गरेर होटेलहरुमा लोगो टास्न शुरु गरिएको हो ।

उपभोक्ताहरुलाई सफा,स्वस्थ, गुणस्तर युक्त खानाका लागि स्तरीकरण सुरु गरेकोठ कार्यालय प्रमुख रायमाझीले जानकारी दिए । कार्यालयले गत वर्ष खाद्य सुरक्षाका लागि पानी,खाद्यान्न वस्तु,होटेल, डेरी,किराना पसलका एक सय साठी वटा नमुना परीक्षण गरेको थियो ।

स्तरीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खडकाले पछिल्लो समयमा अखाद्य वस्तु उपयोगका कारण क्यान्सर जस्ता रोगहरु बढ्दो क्रममा रहेकाले कार्यालयले दैनिकरुपमा अनुगमन, खाद्य वस्तुको ल्याब टेस्टमा ध्यान दिनुपर्ने बताए ।

उनले खाद्य वस्तुको निरिक्षण गर्नुपर्ने बताए । कार्यक्रममा उपभोक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा,उपभोक्ता संरक्षण हित शाखा रेखा शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*