Home / Feature Breaking news / लुम्विनी प्रदेशमा थप ११ लाख डोज खोप आवश्यक

लुम्विनी प्रदेशमा थप ११ लाख डोज खोप आवश्यक

दाङ,१७ माघ । लुम्विनी प्रदेशमा लक्षित जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोज प्रदान गर्न थप ११ लाख बढी खोप आवश्यक देखिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले प्रदेशमा १२ बर्षभन्दा माथिको ३९ लाख ६७ हजार ६ सय ७४ जनसंख्यालाई खोपको पहुँजमा ल्याउनका लागि थप ११ लाख ४ हजार ३ सय ५२ डोज खोप आवश्यक रहेको जनाएको हो ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आइतवार घोराहीमा आयोजना गरेको कार्यक्रममा प्रदेशका १२ जिल्लाहरुमा ६२ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएको मन्त्रालयका कोरोना फोकल पर्सन कौशलकुमार भण्डारीले जानकारी दिएका छन् । उनले ८४ प्रतिशतले खोपको पहिलो मात्रा र २९ प्रतिशतले खोपको थप मात्र लगाएको बताए । फोकल पर्सन भण्डारीका अनुसार प्रदेशमा खोप अभियानका क्रममा २४ लाख २६ हजार ६ सय ८० जनाले पूर्ण, ३२ लाख ७३ हजार ३ सय ३९ जनाले कम्तीमा एक मात्रा खोप र ४५ हजार ४ सय ५० जनाले थप कोभिड विरुद्धको खोप लगाएका छन् ।

प्रदेशमा लक्षित जनसंख्या मध्य १३ लाख ४२ हजारले कोभिडशिल्ड, ३३ लाख ३६ हजार ६ सय ७८ ले भेरोसेल, ५ लाख ५० हजारले जेन्सेन, ६ लाख ६५ हजारले एस्ट्राजेनिका, १० हजार ६ सय ८ जनाले फाइजर र ८ लाख ८९ हजार २ सय जनाले मोडर्ना खोप गरी ६७ लाख ८३ हजार ४ सय कोरोना विरुद्धको खोप प्रदेशमा प्राप्त फोकल पर्शन भण्डारीले बताए । उनका अनुसार प्रदेशका विभिन्न जिल्ला तथा प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रहरुमा दश लाख ८३ हजार ४ सय ७७ डोज भ्याक्सिन स्टक रहेको छ ।

कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डां. विकास देवकोटाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागि परेको बताए । उनले कोभिड नियन्त्रणका लागि नाका व्यवस्थापन, नागरिकलाई खोपलगाउनेदेखि अनिवार्य रुपमा मास्क लगाउन समेत आग्रह गरे । २०७७ साल चैतदेखि फैलिएको कोरोना भाइरस हालसम्म कायमै रहेको भन्दै यसबाट बच्नका लागि स्वास्थ्य सचेतना अनिवार्य रुपमा पालना गर्नुपर्ने बताए । उनले केही महिना अघि सामान्य रहेको कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको बताए ।

कोरोना भाइरस संक्रमण बढ्न थालेको भन्दै सचेत रहन आग्रह गरे । उनले लापरवाहीका कारण कोरोना भाइरस संक्रमणदर फैलने तथा नियन्त्रणमा सकस हुने भएकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न तथा सचेत रहन आग्रह गरे । उनले पछिल्लो समय स्वास्थय क्षेत्रका व्यक्तिहरुमा कोरोना संक्रमण बढी देखिन थालेको बताए । जोखिमका हिसावले कम भएको भएपनि संक्रमणको दर तिव्र भएकाले सचेत रहनुपर्ने बताए ।

कार्यक्रममा कोभिड फोकल पर्सन भण्डारीले नियन्त्रणका लागि प्रदेशका ठला नाकामा दैनिक एन्टिजेन परिक्षणको व्यवस्थापन गरिएको बताए । नाकावाट भित्रने नागरिकहरुलाई परिक्षण गर्ने व्यवस्था गरिएको र संक्रमित भेटिनेक्रम जारी रहेको बताएका थिए । प्रदेशमा हाल सम्म ७ लाख नागरिकलाई कोभिड परिक्षण गर्दा एक लाख ३३ हजार सात सय ३६ जनामा संक्रमण देखिएको बताएका थिए । प्रदेशमा कोरोनाका कारण हालसम्म दुई हजार चार सय ११ जनाको मृत्यु भएको बताए । उनका अनुसार आइतवारसम्म प्रदेशमा सात हजार ६ सय ४१ संक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*