Home / Feature Breaking news / लुम्बिनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका बिरामी

लुम्बिनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका बिरामी

दाङ, १७ माघ । लुम्विनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका विरामी रहेका छन् । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०२२ को अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयले घोराहीमा आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८को तथ्यांक अनुसार प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका बिरामी रहेको निर्देशनालयका ल्याव टेक्निसियन खिमलाल पाण्डेले जानकारी दिए । उनका अनुसार कुष्ठरोगका सबैभन्दा धेरै बिरामी रुपन्देहीमा १ सय ५७ जना रहेका छन् भने अर्घाखाँची जिल्लामा शून्य रहेका छन् । बाँकेमा १ सय २५ जना, बर्दियामा ५६ जना, दाङमा १७ जना, कपिलवस्तुमा १ सय २८ जना, नवलपरासीमा ४९ जना, पाल्पामा ९ जना, गुल्मीमा २ जना, प्यूठानमा ४ जना, रोल्पामा ९ जना, रुकुमपूर्वमा १ जना कुष्ठरोगका विरामी रहेका छन् ।

कुष्ठरोग उपचार गरेपछि निको हुने भएकाले यसको समयमा उपचार गर्नुपर्ने उनले बताए । बिरामीलाई सामाजिक भेदभाव गर्न नहुने उनले बताए । आउँदो सन् २०३० सम्म शून्यमा पु¥याउने सरकारको लक्ष्य रहेको उनको भनाइ रहेको छ ।

हात्तीपाइलेको पनि जोखिम

लुम्बिनी प्रदेश हात्तीपाइले रोगको पनि उच्च जोखिममा रहेका दाङ, कपिलवस्तु र बाँके गरी ३ जिल्लामा यही फागुन २८ गते हात्तीपाइलेविरुद्ध औषधि खुवाइने उनले जानकारी दिए । हात्तीपाइलेविरुद्ध सबैले औषधि नखाँदा जोखिम नहटेको उनको भनाइ रहेको छ । उष्ण प्रदेशीय रोगहरुलाई अन्य रोग जति ध्यान नदिएको उनले बताए । उष्ण प्रदेशीय रोगअन्तर्गत ११ वटा रोगहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका मन्त्री इन्द्रजित थारुले राज्यले आफ्नो तर्फबाट रोग उन्मूलनका लागि कार्य गर्दै आएको बताए । यसका लागि नागरिकको सहयोग पनि आवश्यक पर्ने उनको भनाइ रहेको थियो । ‘नागरिकको सहयोग भएन भने राज्यले मात्र गरेर हुँदैन’ मन्त्री थारुले भने । देशको विकासका लागि स्वस्थ नागरिक आवश्यक पर्ने मन्त्री चौधरीले बताए ।

‘नागरिक स्वस्थ रहेनन् भने देशको विकास हुँदैन’, मन्त्री थारुले भने । स्वास्थ्य सेवा प्रदानका गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, जनशक्ति व्यवस्थापनका कार्य प्रदेश सरकारले गरि राखेको उनको भनाइ रहेको छ । नेपालमा खान नपाएरभन्दा पनि बढी खाएर विभिन्न समस्या हुने गरेको उनको भनाइ रहेको छ । कार्यक्रममा मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले गरेका कामका बारेमा सुझाव दिन आग्रह गरे । ‘हामीले गरेका काम के कस्ता प्रभावकारिता छन् के कस्ता कार्यक्रम आवश्यकता पर्दछन् हामीलाई सुझाव दिएर सहयोग गर्नुहोस्’, डा. देवकोटाले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले मन्त्रालयले नागरिकलाई सहजरुपमा स्वास्थ्य पहँुच पु¥याउनुपर्ने बताए । यसका लागि सोही अनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो । कार्यक्रम लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोद गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण निर्देशनालयका जनस्वास्थ्य निरीक्षक रामप्रसाद भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*