Home / समाचार / जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ विक्री खुल्ला गर्ने

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ विक्री खुल्ला गर्ने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ। कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरकोे ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

निष्कासन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरुलाई, २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदन दिने मिति छिटोमा माघ २५ गतेसम्म रहेको छ भने ढिलोमा फागुन ६ गतेसम्म रहेको छ ।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्म सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*