घोराही, २५ माघ
घोराही खानेपानीको आगामी नयाँ नेतृत्वमा कोषाध्यक्ष पदका उमेद्वार हुन्ः धुव्र केसी । घोराही उपमहानगरपालिका १५ आनन्दपुर टोलका केसी । युवा व्यवसायी हुन् ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कोषाध्यक्ष भएर एक कार्यकाल सफल रुपमा पुरा गरेका केसी फेरिपनि कोषाध्यक्ष पदकोलागी चुनावी मैदानमा रहेका छन् ।
केसी १० वर्षदेखी घोराही खानेपानीसँग आवद्ध छन् । उनी ३ कार्यकाल यस संस्थाको कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।
२०६६ मा कार्यसमिति सदस्य, २०६९ मा सल्लाहकार र २०७२ देखी २०७५ सम्म कोषाध्यक्ष रहेर उनले काम गरेका छन् । उनी कार्यसमितिमा रहदा नमूना कामहरु प्नि गरेका छन् ।
आर्थिक व्यवस्थापनदेखी कार्यालय व्यवस्थापनमा एवं नयाँ योजना सञ्चालनकालागि उनको महत्वपूर्ण भूमीका रहेको छ ।
उनी कोषाध्यक्ष भएके समयमा पुरानो १ करोड ३५ लाख ऋण चुक्ता गरिएको छ भने नयाँ आयोजना गुलरिया खानेपानी आयोजना सम्पन्न भएको ।
आर्थिक आयव्ययलाई उनले चुस्तदुरुस्त बनाएका छन् । कार्यालयको व्यवस्थापनमा ध्यान दिदै उपभोक्ताहरुलाई शुल्क तिर्न सहज, कार्यालय परिसरमा मर्मत, पार्किङ व्यवस्थापन उनको कार्यकालमा भएको छ ।
केसी लायन्स क्लबको सदस्य, त्रिभुवन नगर जेजिसमा रहेर काम गरिसकेका छन् । फ्रेन्स हार्डवेयर सञ्चालक रहेका केसी हार्डवेयर व्यवसायी समितिको सल्लाहकार छन् भने बराहक्षेत्र मन्दिर गुरलियाको ६ वर्षसम्म अध्यक्ष भएर काम गरिसकेका छन् ।
मिलनसार केसी सबैमाझ लोकप्रीय छन् । खानेपानी समस्या समाधानकालागी २४ सैँ घण्टा उपभोक्ताहरुमाझ प्रस्तुत हुने केसी यसपटकको निर्वाचनमा विजयी हुनेमा ढुक्क रहेको बताउछन् ।
उनले घोराही खानेपानी संस्थामा अझैँ धेरै काम गर्न बाँकी रहेकाले ती कामलाई अब पूर्णता दिने बताए ।