Home / समाचार / संघसंस्थामा अनुभवी सुमन शर्मा घोराही खानेपानीको सचिवमा पुनः भिड्दै

संघसंस्थामा अनुभवी सुमन शर्मा घोराही खानेपानीको सचिवमा पुनः भिड्दै

घोराही, २६ माघ

सुमन शर्मा घोराही उपमहानगरपालिका वडा नम्बर १५ ईन्द्रेणी टोल निवासी हुन् ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सचिव भएर एक कार्यकाल सफलतापूर्वक जिम्मेवारी पुरा गरेका शर्मा फेरि अर्को कार्यकालकालागी चुनावी मैदानमा रहेका छन् ।

एक कार्यकाल रहदा सुरु गरेका कामलाई पूर्णता दिनकालागी उनी सचिवमा पुनः दोहोरिन खोजेका छन् ।

विभिन्न संघसंस्थामा रहेर लामो समय सामाजिक क्षेत्रमा विताएका शर्मा गैर सरकारी संस्था जिल्ला समन्वय समितिको पूर्वअध्यक्ष, त्रिभुवन नगर जेसिजको पूर्व सदस्य, तेरौटे वृद्धाश्रमको आजिवन सदस्य, सामुदायिक वातावरण संस्था दाङको महासचिव, दाङ देउखुरी होटल व्यवसायी समिति दाङको पूर्व महासचिव, पाण्डवेश्वर महादेव मन्दिर धारापानीको आजिवन सदस्य रहेर काम गरिसकेका छन् ।

उनी एक कार्यकाल सचिव भएर काम गरिसकेकाले पनि उपभोक्तामाझ परिचित एवं लोकप्रीय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*