Home / Feature Breaking news / जंगली च्याउ खाँदा दाङमा तीन जना विरामी

जंगली च्याउ खाँदा दाङमा तीन जना विरामी

घोराही, २६ असार

जंगली च्याँउ खादा दाङमा तीन जना विरामी परेका छन् ।

वुधवार जंगलबाट ल्याएको च्याँउ खादा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्बरगाउका तीन जना विरामी परेको प्रहरीले जानकारी दिएको छ ।

विरामी हुनेमा २१ वर्षका स्वदेशी घर्ती, ४७ बर्षका माया रोका र ३४ वर्षका  दमय रोका रहनुभएको छ ।

विरामीहरुको राप्ती स्वास्थ्य विज्ञाव प्रतिष्ठान घोराहीमा उपचार भईरहेको र अवश्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*