घोराही, २६ असार
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले घोराही उपमहानगरपालिकाभित्र भएका विकास निर्माणका कामहरुको अनुगमन गर्न सुरु गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको नेतृत्वमा उपमहानगरपालिकाभित्र भएका विभिन्न विकास निर्माणका कामहरुको अनुगमन सुरु गरेको हो ।
टोलीले वुधवार र विहीवार उपमहनगरपालिकाको वडा नम्बर ७, ८, ९, ११ र १२ मा भएका विभिन्न विकास निर्माणका कार्यहरुको अनुगमन गरेको छ ।
त्यस क्रममा विकास निर्माणका कार्यहरुमध्य केही स्थानमा भएका कामहरु गुणस्तरिय नभएको स्थानीयबासीहरुले टोलीसँग गुनासो गरेको क्षेत्रीय सचिव बद्रिंकुमार खड्काले जानकारी दिनुभयो ।
विशेष गरि कालोपत्रे लगायतका कामहरु बर्षाको समयमा भएकाले गुणस्तरिय नभएको पाईएको उहाँले जानकारी दिनुभयो ।
निर्माण कम्पनी र लगानी गर्ने स्थानीय तह लगायत विभिन्न सरकारी कार्यालयहरुको लगानीमा भईरहेका कामहरु असारे झरीमा पनि भईरहेको पाईएको र यस विषयमा सम्वन्धीत निकायलाई फोनमार्फत सचेत बनाउने काम भएको टोलीका नेतृत्वकर्ता एवं क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।
अनुगमनलाई निरन्तरता दिदै अन्य वडाहरुमा पनि पुग्ने उहाँले बताउनुभएको छ ।