Home / Feature Breaking news / करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

दाङ,३० भदौ । दाङमा करेन्ट लागेर तीन जना बालबालिकाहरुको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानी करेन्ट सर्दा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८ बर्षीय प्रशान्त चौधरी, ४ बर्षीय रेणुका चौधरी र ३ बर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक खड्काका एक व्यक्तिको निधन भएको घरमा शुद्धशान्तिको कुलोबाट पानी तन्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट लागेको थियो ।

तीनै जनाको बालबालिकाहरुको शवलाई पोष्टमार्टमको लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*