Home / Feature Breaking news / सिसी क्यामेरा प्रयोग विहीन

सिसी क्यामेरा प्रयोग विहीन

दाङ,९ कार्तिक । तुलसीपुर बजारमा सुरक्षा निगरानीका लागि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । सिसी क्यामेराहरु लामोसमय सम्म मर्मत नहुँदा प्रयोगविहीन अवस्थामा छन् ।

विस २०६९ सालमा तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ र ईलाका प्रहरी कार्यालय तुलसीपुर मिलेर सिसी क्यामेरा जडान गरेका थिए । लाखौं रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा सिसी क्यामेरा प्रयोगविहीन बनेका हुन् । बिग्रिएका सिसी क्यामेरा बजेट अभावका कारण मर्मत नभएको बताएको छ ।
विरेन्द्र चोक, वीपी चोक, नयाँ बस पार्क, बाहिने चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रिएर काम नलाग्ने भएपछि सुरक्षा चुनौति थपिएको छ ।

सामाजिक सुव्यवस्था, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो । ‘सिसी क्यामेरा नहँुदा सुरक्षा चुनौति पनि थपिएको छ, क्यामेरा सञ्चालन भएको भए धेरै सहज हुने थियो, सुरक्षाको दृष्टि कोणले’ ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने ।
बजेट अभाव र कुन निकायले क्यामेरा मर्मत गर्ने भन्ने अन्योलताका कारण समस्या भएको बताएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका निर्वतमाण अध्यक्ष विमल रिजालले पनि पहिले जडान गरिएको सिसी क्यामेराहरु कसले मर्मत गर्ने भन्ने अन्योलताका कारण मर्मत गर्न नसकिएको बताए । करिब रु पाँच लाख लागतमा क्यामेराहरु जडान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*