रोशन घर्ति
घोराही, १३ माघ
प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही नगर समितीको आयोजनामा घोराहीमा रक्तदान गरिएको छ । रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।
नगर सचिव रोशन घर्तिको अध्यक्षता एंव रक्तसञ्चार केन्द्रका ईन्चार्ज दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कालिका केसी, मञ्जु पौडेल, गोविन्द न्यौपाने, दिपेश लामीछाने, घनश्याम केसी, कमल ओली, विमल बुढा, दिपक खनाल, दिपक उपाध्यय, जंगबहादुर रेउले, शालिकराम न्यौपाने, रोशन घर्ति, सुरेश पौड्याल, रुपकराज भण्डारी, तिर्थराज चौधरी, शुसीला सुवेदी, दिपा बस्याल, समिक्षा ओली लगायतकाले रक्तदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन नगरपत्रिका संयोजक तिर्थराज चौधरीले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh