Home / Feature Breaking news / मापदण्डकाे आधारमा गठबन्धन गर्न संयन्त्रलाई क्षेत्रिय समितिकाे अनुराेध, मापदण्ड अनुसार नभए मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने चेतावनी

मापदण्डकाे आधारमा गठबन्धन गर्न संयन्त्रलाई क्षेत्रिय समितिकाे अनुराेध, मापदण्ड अनुसार नभए मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने चेतावनी

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले गठबन्धनकाे मापदण्डलाई आधारमा अगाडी बढ्न गठबन्धन संयन्त्रलाई अनुराेध गरेकाे छ । क्षेत्रीय समितिकाे आज मंगलवार घाेराहीमा बसेकाे बैठकले बैशाख ३० गते हुने निर्वाचनकालागी गठबन्धनकालागी तयार गरिएकाे मापदण्डकाे क्रम संख्या ४ लाई आधार मानी अगाडि बढ्न गठबन्धन संयन्त्रलाई अनुराेध गर्दै मापदण्ड अनुसार नभएमा तत्काल क्षेत्र नम्बर २ का उपमहानगरपालिका, गाँउपालिका, सम्पूर्ण वडा समितिहरूसँग छलफल गरि मैत्रीपूर्ण प्रतिस्पर्धाकालागी अगाडि बढ्ने निर्णय गरेकाे छ । बैठकले ‘घर-घर जाउँ कांग्रेस जिताउ’ अभियानकाे समीक्षा गरिएकाे थियाे । गठबन्धन मापदण्डकाे क्रम संख्या ४ मा २०७४ काे स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धनभित्रका दलहरूले प्रमुख पदमा पाएकाे मतलाई आधार मान्ने भनिएकाे छ । साेही आधारमा घाेराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका लगायतका स्थानीय तहकाे नेतृत्व कांग्रेसले गर्नुपर्ने क्षेत्रीय समितिकाे दाबी रहेकाे छ ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काकाे अध्यक्षतामा बसेकाे बैठकमा बैशाख ३० गते हुने निर्वाचनकालागी उमेद्वारकाे नामावलीबारे जानकारी गराईएकाे थियाे । साथै तशि नामावलीलाई नियम र पद्धतिमार्फत प्रक्रीया अगाडी बढाउन संसदीय समितिमा पढाउने निर्णय गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*