घोराही, ८ बैशाख
घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा ३ दिने शान्ति पुनस्र्थापना तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी तीन दिने शान्ति पुनस्र्थापना तालिम सम्पन्न भएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीको अध्यक्षता एवं वडा अध्यक्ष भीमबहादुर सार्कीको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सार्कीले मानिसमा रहेको मानसिक समस्या कम गर्नकालागी सहज बनाउने बताउनुभयो । नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामो समयदेखी शान्ति र मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखीकाम गर्दै आएकाले वडा कार्यालयले केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको उहाँको भनाई थियो ।
अशान्त भएको मनलाई केही मात्रामा भएपनि शान्त पार्नका लागि वडावाट बजेट छुटयाएर तालिम दिएको उहाँले बताउनुभयो । आउदाको दिनको मुहार र जादाको दिनको मुहारमा धेरै परिवर्तन देख्दा म खुसी भएको छु । तालिममा सिकेको विषयलाई व्यवहारमा लागु गर्नुपर्ने उहाँको भनाई थियो ।
‘तालिममा सिकेको कुरालाई आफनो जिवनमा लागु गर्नुहुनेछ र परिवार समाजमा पनि सिकाउनुहुनेछ भन्ने आशा गरेको छु ।’ सार्कीले भन्नुभयो– ‘शारिरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यमा पनि हामी गम्भीर बन्न आवश्यक छ ।’
तालिमको प्रशीक्षकमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकाल र गीता वली रहनुभएका थियो । कार्यक्रममा वडा सदस्यहरु लीला गोतामे, रचनी चौधरी, बसन्ता पाण्डे, रुपनी चौधरी, साधना चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रशासनिक सहायक सरस्वती चौधरीले गर्नुभएको थियो ।