Home / Feature Breaking news / ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु
सांकेतिक तस्वीर

ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

कपिलवस्तुको गोरुसिंगेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागी घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ ।

राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

 

उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको सेनाले जनाएको छ । काठमाडौँ लैजाने तयारी भैरहेको बेला उनको मृत्यु भएको  हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*