Home / Feature Breaking news / जिल्लाको समृद्धिका लागि पहल गर्छुः सांसद श्रेष्ठ

जिल्लाको समृद्धिका लागि पहल गर्छुः सांसद श्रेष्ठ

दाङ, १३ माघ
प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले व्यवस्थीत सहर निर्माणसँगै जिल्लाको समृद्धिकालागि आफुले पहल गर्ने बताएका छन । घोराही उपमहानगरपालिका वडा नंंं. १४ र १५ मा अन्तर्गत रहेका श्री गणेश मन्दिर टोल विकास सस्था गणेश मन्दिर टोल विकास सस्थाको एकिकरण तथा प्रदेशसभा सदस्यलाई स्वागत सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले व्यवस्थीत सहरका माध्यमवाट देशमै नूमना बजारका रुपमा चिनाउन आफनो क्षेत्रवाट भुमिका खेल्ने बताएका हुन ।

प्रदेश नं. ५ को स्थायी राजधानीका रुपमा उपयुक्त रहेको दाङलाई वर्तमान सरकारले प्रदेशको अस्थायी केन्द्र बुटवल तोकेर दाङ र जिल्लावासीको उपेक्षा गरेको भन्दै उनले प्रदेशसभाका माध्यमवाट प्रादेशिक राजधानी दाङ ल्याउन समेत आफले पहल गर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा वडा नंंं. १५का वडा अध्यक्ष रमेशकुमार पाण्डेयले घोराही उपमहानगरपालिकालाई समृद्ध बनाउन टोल विकास सस्थाहरु अघि बढ्नुपर्ने बताए ।

आफुहरुले चाहेपनि वडाको सहयोग नहुने हो भने नगरको विकास हुन नसक्ने उनको भनाई थियो । नगरको समग्र विकासको लागि योजना बनाउने र बजेट पार्ने काम भएको र कार्यान्वयन गर्ने जिम्मेवारी टोल विकास सस्थाहरुले गर्नुपर्ने उनको भनाईै थियो ।

त्यस्तै कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १४का वडा अध्यक्ष शक्तिराम डागीले व्यवस्थीत सहर निर्माणका लागि टोल विकास सस्थाहरुको महत्वपुर्ण भुमिका रहने भन्दै सफा र सुन्दर सहर निर्माणको कार्यमा जुट्न टोल विकास सस्थाहरुलाई आग्रह गरे । व्यवस्थीत सहर निर्माणका लागि सर्वप्रथम आफनो भुमिका बधशाला निर्माण र प्लाष्टिक मुक्त बजार बनाउने नै रहेको बताए ।

गणेश मन्दिर टोल विकास सस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा जेष्ठ नागरिक थम्मनसिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन महेश गुप्ताले गरेको थिए । एकिकृत टोल विकास सस्थाले शनिवार नै नयाँ समिति चयन गर्ने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*