घोराही, १० चैत
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामकालागी दाङमा पनि गैरसरकारी संघसंस्था एवं सामाजिक संस्थाहरुले सहयोगकालागी तयार भएका्े बताईरहेका छन् ।
त्रिभुवननगर जेसिजले पनि विपत्तिको समयमा सँगसँगै रहनकालागी आफ्नो भवन आईसोलेसन वार्डकालागि आफ्नो सचिवालय दिने निर्णय गरेको छ । जेसिजको सोमवारको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगके समन्वयमा १० बेडको आईसोलेसन वार्ड बनाउने निर्णय गरेको महासचिव मिनराज भाटले जानकारी दिनुभयो ।
जस अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टरहरुको टोलीले त्रिभुवननगर जेसिजको सचिवालयको अवलोकन गरेको र सुरक्षाका दृष्टिले र सम्पूर्ण दृष्टिले उपयुक्त भएको प्रतिक्रिया दिएको महासचिव भाटले जानकारी दिनुभयो ।
‘विश्वभर कोरोना भाईरसको सक्रमण फैलिरहेकाले दाङमा त्यस्तो अवश्था नआओस् तर आईहाल्यो भने हामी आईसोलेसन वार्डकालागि जेसिजको सचिवालय दिने निर्णय गरेका छांैँ’ महासचिव भाटले भन्नुभयो ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय भईरहेको छ । सचिवालय डाक्टरसाबहरुले पनि हेर्नुभयो । उपयुक्त छ भन्ने कुरा आएको छ ।’
यस अघि पनि त्रिभुवननगर जेसिजले कोरोनासम्बन्धी सचेतना तथा सावधानी विषयक कार्यक्रम बृहत अन्तरक्रिया कार्यक्रम जिल्लाका सरोकारवालाहरुसँग गरेको थियो ।