दाङ, १९ भदौ । ग्लोबल डाईग्नोष्टिक प्रालिले लमहीमा शाखा बिस्तार गरेको छ । यसअघि घोराहीबाट निरन्तर ल्याब सेवा प्रदान गर्दै आएको ग्लोबल डाईग्नोष्टिक प्रालिले शनिबारबाट विधिवत रुपमा सेवा सुचारु गरेको छ । संस्थाका सञ्चालक चन्द्रप्रकाश आचार्यको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा ग्लोबल डाईग्नोष्टिकको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलले देउखुरीवासीलाई स्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । स्वास्थ नागरिकले राष्ट्रको समृद्धिका लागि महत्वपूर्ण काम गर्न सक्ने भन्दै पोख्रेलले स्वास्थ नागरिक बनाउनका लागि ग्लोबल डाइग्नोष्टिक लमहीले भूमिका खेल्ने बताए । उनले नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि राज्यले निजी क्षेत्रको सहकार्य काम गरिरहेको बताएका थिए । त्यस्तै पोख्रेलले अहिले सञ्चालनमा आएको ल्यावले देउखुरी क्षेत्रमा भरपर्दो स्वास्थ्य सेवासँगै ल्याव छैन भन्ने गुनासोलाई सम्बोधन गर्ने बताए ।
‘देउखुरी क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट अस्पतालहरु सञ्चालनमा आए पनि देउखुरीबासीको गुनासो भरपर्दो अस्पताल भएन भन्ने छ’, उनले भने– ‘नागरिकको त्यो गुनासो सम्बोधनका लागि यसले भूमिका खेल्ने छ ।’ पोख्रेलले बिरामीलाई छिटो र सर्बसुलभ सेवा दिनका लागि ल्यावको महत्वपूर्ण भूमिका हुने भएकाले देउखुरीमै रोग पहिचानसँगै बिरामीलाई सहजै सेवा दिनका लागि ग्लोबल डाइग्नोष्टिकले लमही क्षेत्रका अस्पताललाई समेत सहयोग पु¥याउने बताए । ‘निजी क्षेत्रबाट सञ्चालन भए पनि यो देउखुरीको सम्पत्ति हो’, उनले भने– ‘ल्याबको प्रयोगले जनताले सुलभ र सही उपचार हुने पाउने भएकाले देउखुरी क्षेत्रमा ल्याब कल्चर बसाल्न आवश्यक छ ।

त्यसका लागि अस्पतालहरुको महत्वपूर्ण भूमिका छ ।’ कार्यक्रममा बोल्ने बक्ताहरुले देउखुरी क्षेत्रमा स्तरीय स्वास्थ सेवा दिनका सहयोग पु¥याउने बताए । कार्यक्रममा लमही अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट रञ्जिता महतो, औषधि व्यवसायी संघ दाङका अध्यक्ष विष्णुप्रसाद पौडेल, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ग्लोबल डाईग्नोष्टिक प्रालिले बायोकेमेष्ट्रीअन्तर्गत सुगर, कोलेष्ट्रोल (बोसो), मृगौलाको जाँच, दिसा पिसाब जाँच, हेमेटोलोजीअन्तर्गत रगत जाँच, माईक्रो बायोलोजीसम्बन्धी सेवा तथा विशेष परिक्षणमा थाईराईड, भिटामिन डी, बी १२, लगायत सबै परीक्षण आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट हुने सञ्चालक सेचन पौडेलले जानकारी दिएका छन् ।
देउखुरी क्षेत्रमा विश्वसनीय र सहज सुविधायुक्त ल्याब नहुँदा नागरिकलाई सदरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । सञ्चालकत्रय सेचन पौडेल, चन्द्रप्रकाश आचार्य, तारा गिरीले देउखुरीबासीलाई सहज र विश्वसनीय सेवा दिन लमहीबाट सेवा शुरु गरेका हुन् । सञ्चालक तारा गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गरेका थिए ।
RaptiSandesh RaptiSandesh