Home / Feature Breaking news / प्राविधिक शिक्षालयका लागि महायज्ञ

प्राविधिक शिक्षालयका लागि महायज्ञ

दाङ,१३ कार्तिक । दाङको बंगलाचुली गाउँपालिका–५ सुधा माध्यामिक विद्यालय झेलनेटामा शैक्षिक तथा धार्मिक महायज्ञ सञ्चालन गरिएको छ । महायज्ञको मंगलबार एक कार्यक्रमका विच प्रदेश नं.५ का भूमि व्यवस्था एवं कृषि सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नु भएको छ ।
महायज्ञको उद्घाटन समाहारोहमा बोल्दै मन्त्री पौडेलले प्राविधिक शिक्षा अहिलेको युगको आवश्यकता भएको बताउँदै बंगलाचुली गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । देशलाई संमृृद्धिको बाटो तर्फ लैजान प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका निभाउने उहाँको भनाई छ ।

उहाँले सुधा मावी झेलनेटामा प्राविधिक शिक्षालय स्थापनाका लागि आफ्नो तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक एनुराज खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा प्रमुख अतिथि मन्त्री पौडेलले देशमा कृषिको विकासका लागि राज्यका तिनओटै सरकारले आफ्नो ठाउँबाट काम गरीरहेको जानकारी गाराउँनु भयो ।aaratii

साथै उहाँले जनताको जीवनस्तर माथी ल्याउनका लागि आधुनिक एवं व्यवसायीक कृषि प्राणालीलाई अवलम्बन गर्न सबैलाई अनुरोध समेत गर्नु भयो । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले बंगलाचुली गाउँपालिकाको विकासको एउटा महत्वपूर्ण आधार प्राविधिक शिक्षालय पनि रहेको भन्दै यसको स्थापनका लागि सबैले आ–आफ्नो तर्फ बाट सहयोग गर्न अपिल गर्नु भएको छ ।

अहिले गाउँपालिकाले यस क्षेत्रको भौतिक शैक्षिक र मानवीय विकासका लागि कंक्रिट योजनका सथा अघि बढ्ने योजना बनाएको भन्दै सम्पूर्ण सरोकारवाला निकाय देखि तल्लो तहसम्मका जनताले स्थानीय सरकारलाई सहोग गर्नु पर्ने बताउनु भयो ।

यसैगरी कार्यक्रमा महायज्ञका प्रमुख कथा बाचक एवं कार्यक्रममा विशिष्ठ अतिथी बाल योगेश्वर महाराजले बंगलाचुली गाउँपालिकाको सुधामवी झेलनेटामा प्राविधिक शिक्षालय स्थापनका लागि सम्पूर्ण दानवीरहरुलाई सहयोगको अपिल गर्नु भएको छ । उहाँले माहयज्ञ केवल धार्मिक मात्र नभएर शैक्षिक विकासका लागि पनि भएको भन्दै यसमा सहयोग गर्दा समाजले महत्वपूर्ण उपलव्धी प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगर,बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली,नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यदल सदस्य तुलसीराम पुन (शुवास), नेपाल कम्यूनिष्ट पार्टी (नेकपा(का कार्यदल सदस्य केशव कुमार आचर्या,नेपाली काग्रेस पूर्व महाधीवेसन प्रतिनिधि कृष्ण सुवेदी,बंगलाचुली गाउँपालिका सामाजिक विकास समिति संयोजक शोभाराज विक, विद्यालय श्रोत व्यक्ति विष्णु प्रसाद शर्मा,बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख भक्त बहादुर जीसी,सहकर्मी समाज बंगलाचुली गाउँपालिका संयोजक पुनाराम पन्थी लगाएतले माहायज्ञ सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार आरके शितलले गर्नू भएको थियो ।

rk

पहिलो दिन ५ लाख बढी आर्थिक संकलन

महाँयज्ञमा मंगलबार मात्र पाँच लाख बढि आर्थिक संकलन भएको छ । पहिलो दिन बंगलाचुली ५ मुर्कुटी घरभई हाल बेलायतमा रहनुभएका ओमप्रकाश रावतले आफ्नी स्वर्गीय आमा नमा रावतको संझनामा सबैभन्दा धेरै २ लाख १ हजार १ रुपैयाँ प्रदान गर्नु भएको छ । त्यसैगरी बंगलाचुली ५ फलिदे निवासी शिक्षक यमलार्ल बुढाले आफ्नो स्वर्गीय वुवा होताराम बुढाको संझनामा ५० हजार १ सय ५० रुपैयाँ नगद दान गर्नु भएको छ । त्यस्तै बंगलाचुली ५ मुर्कुटी निवासी अमरबहादुर महराले आफ्नो स्वर्गीय आमा भोवादेवि महराको संझनामा २५ हजार १ सय २५ नगद दान गर्नु भएको छ ।

मंगलवारदेखि सुरुभएको महायज्ञ कार्तिक २१ गतेसम्म चल्ने छ । महायज्ञको प्रमुख कथा बाचक वाल योगेश्वर महाज रहनु भएको छ । सुधामावि झेलनेटामा प्राविधिक शिक्षलय स्थापना गर्नकालागि सुरु गरीएको माहायज्ञबाट ५ करोड बढि आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*