Home / Feature Breaking news / देउखुरीमा गाडीको ठक्करबाट बाघको मृत्यु

देउखुरीमा गाडीको ठक्करबाट बाघको मृत्यु

देउखुरी,३१ भदौ । देउखुरीमा गाडीको ठक्करबाट बाघको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ स्थीत तेलिया हरियाली सामुदायीक बन उपभोक्ता समूहको वन क्षेत्रमा आइतवार विहान गाडीको ठक्करबाट बाघको मृत्यु भएको बन समुहका अध्यक्ष पुर्णबहादुर चौधरीले जानकारी दिए ।

जिल्ला बन कार्यालय दाङ्ग र सुरक्षाकर्मीको रोहबरमा मुचुल्का उठाई सोही बनक्षेत्र भित्र मृत बाघलाई गाडिएको हो । उक्त बाघ हैना जातको लक्कर बाघ रहेको सहायक बन अधिकृत रामेश्वरप्रसाद शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*