दाङ, ३१ भदौ
मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु हुदै छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको छ । महायज्ञकालागि सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण गयिररहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा पश्चीम नेपालमा पहिलोपटक हुन लागेको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ कालागि मञ्च, धान्याञ्चल, तुलादान, हवन लगायतका भौतिक निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको मूल समितिका संयोजक रुपा वलीले जानकारी दिनुभयो । महायज्ञको कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुभएको छ ।
महायज्ञमा दैनिक विभिन्न कार्यक्रम हुने
महायज्ञमा दैनिक विभिन्न कार्यक्रमहरु हुने छन् । जसमा तुलादान, भूमीदान, अन्नदान, धान्याञ्चल, नगद दान रहेका छन् । यस्तै विभिन्न कार्यक्रम एवं सेवाहरुकालागि रकम पनि निर्धारण गरिएको छ । महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखी हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र वेलुका ६ बजेदेखी महात्म्य कार्यक्रम हुने छ । यसका साथै अन्य पूजाकालागि पूजा अनुष्ठा उपसमितिसँग सम्पर्क गर्न आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।
एक करोड दीप प्रज्वलन गरिने
महायज्ञमा १ करोड दीप प्रज्वलन गरिने भएको छ । महायज्ञको आठौँ दिन एक करोड दीप प्रज्वलन गरिने छ । आँठौ दिन असोज ८ गते अपराह्न ४ बजे एक करोड दीप प्रज्वलन गरिने छ । साथै अफ्ना पितृहरुको सम्झनामा स्वईच्छाले सम्पूर्ण भक्तजनहरुले सो अवसरमा दीप प्रज्वलन गर्न सकीने महायज्ञका निर्देशक डा. भोलानाथ योगीले जानकारी दिनुभयो ।
एक हजार ८ कन्या पूजा गरिने
महायज्ञमा १ हजार ८ कन्याहरुको पूजा गरिने भएको छ । महायज्ञको चौथो दिन असोज ४ गते १ हजार ८ कन्याहरुको पूजन गरिने पूजा समितिले जानकारी दिएको छ । कन्याहरुलाई ओम आकारमा राखेर पूजा गरिने छ । जसकालागि घोराही क्षेत्रका विद्यालयहरुसँग समन्वय गरिएको समितिले जानकारी दिएको छ ।
एक किलोको लड्डु प्रदर्शनमा राखिने
महायज्ञमा १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखिने भएको छ । महायज्ञको आकर्षणहरुमध्य एक सय ८ किलोको लड्डु प्रदर्शन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।
महाययज्ञको पूर्वसन्ध्यामा मोटरसाईकल ¥याली
महायज्ञको पूर्व सन्ध्यामा मोटरसाईकल ¥याली निकालिएको छ । महायज्ञको अघिल्लो दिन आज आईतवार घोराही बजारमा ¥याली निकालिएको हो । ¥यालीले बजार परिक्रमा गरेको थियो ।
महायज्ञ स्थलबाट सुरु भएको ¥याली परिवार नियोजन, जिल्ला प्रहरी कार्यालय हुदै दिपशीखा चोक, रतनपुर चोक, गोरखा हस्पीटल, मिलन चोक, बालमन्दीर, नयाँ बजार, नेपाल टेलिकम, गणेश मन्दीर, ट्रफिक चोक, विपी चोक, सहिद गेट, तुलसीपुर चोक, दामोदर चोक, नेपाल बैंकबाट पुनः सहिद गेटबाट महायज्ञ स्थालमा गएर सकिएको थियो ।
कलश यात्रामा सहभागी हुन अनुरोध
महायज्ञ उद्घाटनका दिन सोमवार कलश यात्रामा सहभागी हुन सम्पूर्ण भक्तजनहरुमा आयोजकले अनुरोध गरेको छ । महायज्ञ उद्घाटनभन्दा पहिले हुने कलश यात्रामा सहभागी हुनकालागि आयेजक मूल समितिले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको हो । विहान १० बजेबाट सुरु हुने कलश यात्रामा सहभागि हुनकालगि सम्पूर्ण संघसंस्था, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, धार्मीक संघसंगठन लगायत सम्पूर्ण भक्तहरुलाई उपस्थितिकालागि आयोजक मूल समितिका संयोजक रुपा वलीले अनुरोध गर्नुभयो । साथै उद्घाटन कार्यक्रमकालागि उपस्थितिकालागि सम्पूर्ण अतिथिहरुलाई अनुरोध गर्नुभयो ।