Home / Feature Breaking news / प्रेस युनियन लुम्बिनीले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

प्रेस युनियन लुम्बिनीले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

घोराही, २२ माघ

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिले विभिन्न माग सहित लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

लुम्बिनी प्रदेश समितिको माघ २० गते अर्घाखाचीको सन्धीखर्कमा बसेको बैठकबाट भएको निर्णय बमोजिम ४ बुदे माग सहित गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद् कानुन बमोजिम, व्यवस्थित र समावेशी ढंगले गठन गर्नुपर्ने, सञ्चार नियमावली तत्काल निर्माण गर्नुपर्ने, सञ्चार रजिष्टार गठन गर्नुपर्ने र प्रदेश सरकारले विगतमा गर्दै आईरहेको अनलाई मिडिया सूचिकरण कार्य यसपटक स्थगीत गरेकाले अबिलम्ब पत्रिका, रेडियो, टेलिभिजन जस्तै अनलाई मिडियाहरुलाई प्रदेशमा सूचिरकण गर्नुपर्ने माग सहितको ज्ञापनपत्र लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदीप गौतमले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले युनियनले राखेका मागहरु तत्काल पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*