Home / Feature Breaking news / पहिलो खेलमा प्रदेश नं. २ बिजयी

पहिलो खेलमा प्रदेश नं. २ बिजयी

दाङ,४ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा सुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा प्रदेश नं. २ ले बिजयी सुरुवात गरेको छ ।
सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ विच भएको उद्घाटन खेलमा २ नं. प्रदेश ० का विरुद्ध ४ गोल गर्दै बिजयी भएको हो । प्रदेश नं. २ लाई बिजयी बनाउन खेलाडीहरु निकिता ठोकरले २ गोल , रजनी ठोकर र रोशनी लिम्वुले १–१ गोल गोल गरेका थिए ।

santa

खेलको सुरुवातदेखि नै आक्रामक खेलेको २ नं प्रदेशको जितको लागि जर्सी नं. ११ की रजनी ठोकरले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन । त्यस्तै ३४ मिनेटमा जर्सी नं. १३ कि खेलाडी निकिता ठोकरले दोश्रो गोल गरेकी थिइन ।

पहिलो हाफमा २–०ले पछि परेको सुदुरपश्चिम खेलको लयमा फर्किन नसक्दा दोश्रो हाफमा पनि दुई गोल खान पुगेको थियो । दोश्रो हाफको ४२ औँ मिनेटमा जर्सी नं. १० कि रजनी लिम्वु र ४४ मिनेटमा जर्सी नं. १३ कि निकिता ठोकरले चौथो गोल गर्दै २ नं. पं्रदेशको जीत सुनिश्चित गरेकी थिइन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सावित्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरीले प्रतियोगिताको उदघाटन गरेकी हुन । ११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा समूहको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*