Home / Feature Breaking news / ३५ लाख नाघे कोरोना संक्रमित, मृतक संख्या साढे २ लाख नजिक

३५ लाख नाघे कोरोना संक्रमित, मृतक संख्या साढे २ लाख नजिक

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ।

यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ।

यध्यपी संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ।

पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिका  र युरोपेली मुलुकबाट रहेका छन्। यस्तै ल्याटिन अमेरिका, अफ्रिका र रसियामा संक्रमितको संख्या बढिरहेको छ।

पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार ४ जना नयाँ संक्रमित थपिएको रोयटर्सले जनाएको छ।

हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर छ।

यसैगरी साढे ११ लाख बढी मानिस निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*