दाङ,५ बैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य एंव नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद पत्रकार पुनम डिसीका पिता लालबहादुर डाँगीको निधन भएको १२औँ दिनमा श्रद्धाञ्जलीसभाका सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ दाङ, प्रेस युनियन दाङ, प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङको सयुक्त आयोजनामा बुधवार स्वर्गीय डागीकै निवास घोराही उपमहानगरपालिका–१२ बिजौरी हापुरमा श्रञ्द्धाजलीसभा गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक तथा राजनीतिक परिवर्तनमा स्वर्गीय डागीको महत्वपुर्ण योगदान रहेको चर्चा गरेका थिए ।
सामाजिक परिवर्तनकालागि उनले छोडेको अभिभारालाई पुरा गर्न परिवारका सदस्यहरु लागि पर्न समेत आग्रह गरेका थिए । पछिल्लो समय डार्गी हिन्दु जागरणका माध्यमवाट हिन्दुधर्मको संरक्षण तथा प्रचारप्रसारमा समेत संक्रिय भएर लागेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार सुदिप गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस युनियन दाङका उपाध्यक्ष बसन्धरा गौतम, प्रेस चौतारी दाङ अध्यक्ष जेएन सागर, प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्मा,नेपाली काग्रेसका जिल्ला सदस्य निर्मल न्यौपाने,महिलाअधिकार मञ्चकी रुकमिना न्यौपाने,स्थानीय समाजसेवी एंव आफन्त प्रेमबहादुर न्यौपाने, स्वर्गीय डागीका बहिनी ज्वाई हरिषचन्द्र बिष्ट लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई स्वर्गीय डागीकी छोरी पुनम डिसीले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सञ्चालन प्रेस युनियन दाङका सचिव देवेन्द्र बस्नेतले गरेका थिए । ५२ बर्षिय डागीको २०७४ साल चैत २४ गते निधन भएको थियो ।