Home / Feature Breaking news / प्रेरक प्रसंग : भावना होइन विवेकको प्रयोग

प्रेरक प्रसंग : भावना होइन विवेकको प्रयोग

एउटा ठूलो तलाउमा थुप्रै माछा बस्थे । तीमध्ये तीनवटा माछा एकदमै मिल्ने साथी थिए, जो सधैँ सँगै हुन्थे । उनीहरू एक–अर्काबाट कहिल्यै छुट्टिँदैनथे ।

एक दिन त्यो तालमा एकजना मछुवार आयो । पोखरीमा थुप्रा माछा देखेर उसले अरू मछुवारलाई पनि जाल हान्न बोलायो । यसबाट ती तीनवटा माछा भयभीत भए । उनीहरूमध्येको बुद्धिमान माछाले भन्यो, ‘हामीले सकेसम्म छिटो अर्काे पोखरी खोज्नुपर्छ ।’ एउटा माछा सहमत भए पनि अर्काे भने यो पोखरी त हाम्रो घर हो नि भन्ने भावनाले अलि अनकनायो । उसले भन्यो, ‘हामीले डराएर भाग्नु हुँदैन, यो पोखरी त हाम्रो घर पो हो त ।’

अरू दुई माछाले उसलाई सम्झाउन निकै कोसिस गरे । तर, उनीहरू सफल भएनन् । यसर्थ, उनीहरूले छुट्टिने निर्णय गरे र नयाँ पोखरीको खोजमा लागे । अर्काे दिन जब मछुवारहरू आइपुगे, पोखरी छोड्न नमान्ने माछा समातियो र मारियो । सधँै फराकिलो दृष्टिकोण राख्नुपर्छ । संकटको घडीमा आसक्तिलाई पाल्न हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*