Home / Feature Breaking news / बंगलाचुलीमा बहत निशुल्क स्वास्थ्य शिविर, ४ सय ३६ जनाले लिए विशेषज्ञ सेवा

बंगलाचुलीमा बहत निशुल्क स्वास्थ्य शिविर, ४ सय ३६ जनाले लिए विशेषज्ञ सेवा

विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा शनिवार बंगलालचुली गाउँपालिकाको कमिरेचौरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, लायन्स क्लब अफ घोराही सिटि, नेपाल परिवार नियोजन संघ दाङ शाखा तथा वंगलाचुली गाँउँपालिकाको संयुक्त आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, बंगलाचुली अस्पताल कमिरेचौर , लमही आँखा अस्पताल,नेपाल औषधि व्यवसायी संघ दाङ र रेडियो बंगलाचुलीको प्राविधिक सहयोगमा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा २ सय १५ को आँखा जाँच गरिएको छ । २८ जनालाई मोतिया विन्दु,२६ जनाको चस्मा जाँच गरिएको छ । त्यसैगरी ६८ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ,एक जनालाई रिङपेसरी,स्त्रीरोगका  २ सय १५ जना,नाक,कान घाँटीको १ सय १५ जनाले स्वास्थ्य सेवालिएको बंगलाचुली अस्पतालका हेल्थ असिस्टेन्ट शुवास चन्द सेर्पाईलिले जानकरी दिनुभयो ।

उहाँका अनुसार शिविरमा जम्मा ४ सय ६ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा ३ सय २ जना महिला रहेका छन् भने एक सय चार जना पुरुषहरु रहेका छन् ।

शिविरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ३,४,५ र ६ का र प्युठानको माण्डवी गाउँपालिकाका स्थानियहरुको उल्लेख्यमात्रामा सहभागिता रहेको थियो । आफुलाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा पाएपछि नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा हाल जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का कार्यकारी प्रमुख, बिमला योगीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्य र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ठ आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जनतालाई निशुल्करुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि वेला वेलामा आयोजना हुने यस्ता शिविरहरुले पालिकालाई सहयोग पुनेको बतउनुभयो ।

उहाँले गाउँपालिकाले सबै प्रकारका विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्षम नभएको बताउँदै यस्ता शिविर मार्फत जनतालाई आफ्नो घरआगनमै गुणस्तरिय स्वास्थ्य सेवा दिएको बताउनुभयो । अध्यक्ष पुनले टेलिमेडिसिन सेवाको सुरुवातका लागि पलह भईरहेको र त्यसको सुरुवात भएमा केहि हदसम्म पालिकाले विरामिहरुलाई विशेषज्ञ स्वास्थ्य परामर्शकोको व्यवस्था गर्ने बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,नेपाल परिवार नियोजन संघदाङका शाखा प्रबन्धक वसंन्त खनाल लगाएतले बोल्नुभएको थियो । शारदा शर्माको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महाँसंघ दाङका सचिव आरके शितलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*