Home / समाचार / पत्रकार महासंघको नेतृत्वमा घोराहीमा सरसफाई

पत्रकार महासंघको नेतृत्वमा घोराहीमा सरसफाई

घोराही, १५ भदौ
नेपाल पत्रकार महासंघ दाङको नेतृत्वमा आज विहीवार घोराही बजार सरसफाई गरिएको छ । पाक्षिकरुपमा गरिदै आएको घोराही बजारको सरसफाई कार्यक्रमको अगुवाई नेपाल पत्रकार महासंघ दाङले गरेको थियो ।
नेपाल पत्रकार महासंघको कार्यालयबाट थालिएको सरसफाई तुलसीपुर चोकको आसपाससम्म गरिएको थियो ।

सडक छेउका झारपात सँगै घर तथा पसलबाट सडक सम्म छरिएर रहेका फोहोरहरु संकलन गरेर सफा गरिएको हो । सरसफाई अभियानलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख दुर्गा सिंहले सुरुवात गर्नुभएको हो ।

सरसफाईमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महासंघका केन्द्रिय सचिब उदय जिएम, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल सहित पत्रकार, उद्योगि, व्यापारि, प्रहरी, उपमहानगरका कर्मचारी, ब्रह्मकुमारी ईश्वरिय विद्यालयका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

असोज १ गते गरिने सरसफाई कार्यक्रमको ब्रह्मकुमारी ईश्वरिय विद्यालय घोराहीले गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*