Home / समाचार / जिल्लास्तरिय वार्षिक समिक्षा

जिल्लास्तरिय वार्षिक समिक्षा

घोराही, १५ भदौ
जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम विहीवार भएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ जिल्लाका विषयगत कार्यालय र संघ सस्थाले गरेको कामको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकारको सहभागितामा समीक्षा कार्यक्रम भएको थियो । विषयगत कार्यालयले गरेका काम, काम गर्दा देखा परेका समस्याका बारेमा प्रस्तुती राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति, जिल्ला जनस्वास्थ्य, मध्यपश्चिम सडक डिभिजन, विद्युत प्राधिकरण घोराही, प्रगना सिचाई, जिल्ला खानेपानी तथा सरसफाई कार्यालय, भु–संरक्षण, जनताको तटबन्ध, डिभिजन सहकारी कार्यालय लगायतका कार्यालयले कार्यसम्पदानको बारेमा जानकारी दिएका थिए ।

त्यसैगरेर विभिन्न संघ सस्थाले पनि गत वर्ष गरेको कामको बारेमा प्रस्तुती करण गरेका थिए । स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितिका सुचना अधिकृत कृष्ण केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*