Home / Feature Breaking news / गुण्डागर्दी नियन्त्रण पहिलो प्राथामिकताः एआइजी लामा

गुण्डागर्दी नियन्त्रण पहिलो प्राथामिकताः एआइजी लामा

लिलाधर वली
दाङ, १५ भदौ
प्रदेश नं ५ का प्रहरी प्रमुख एआइजी मिङमार लामाले शान्ति सुरक्षा कायम गर्न‘ आफनो पहिलो प्राथामिकतामा हुने बताउनुभएको छ । शान्ति सुरक्षा कायम गरेर जनतालाई शान्तिको अनुभुति गराउने प्रहरीको कर्तव्य भएको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी संघीय कार्यालय तुलसीपुरमा आज विहीवार आयोजना गरेको पत्रकारहरुसँग परिचयात्मक एवं भेटघाट एआईजी लामाले गुण्डागर्दी नियन्त्रण, भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारमुक्त प्रहरी प्रशासन, मानव अधिकारको संरक्षण, हरेक क्षेत्रमा पारदर्शिता। सुशासन कायम गर्नु आफ्नो उच्च प्राथमिकता रहेको बताउनुभयो ।

संघीय प्रहरी कार्यालयको स्थायित्व नहुँदा र संघीय प्रहरी ऐन नबन्दासम्म प्रहरीकोे काम कर्तव्य र अधिकारमा अन्योलता देखिएको भन्दै लामाले कार्यालयको स्थायित्वसँगै ऐन बनेपछि काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । एआईजी लामाले संघीय प्रहरी कार्यालय नहुदासम्म तुलसीपुरमा रहेको कृषि विकास बैंकको पुरानो भवनलाई पुननिर्माण गरेर काम चलाउनका रुपमा प्रयोगमा ल्याउने सोंचमा रहेको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी महाशाखा लामो समयसम्म प्रमुख भएरु काम गरिसक्नुभएका एआईजी लामा नेपाली प्रहरीमा सक्षम नेतृत्वकर्ताको रुपमा परिचित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*