Home / Feature Breaking news / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हस्तान्त्ररण गर्न देवकोटाको दवाव

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हस्तान्त्ररण गर्न देवकोटाको दवाव

काठमाडौ,२५ बैशाख ं । नेपाली कांग्रेसको राष्ट्रिय सभा सांसद अनिता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको एमाले र माओवादी केन्द्र तथा चिकित्सकहरूको भण्डाफोर गरिदिएकी छिन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हस्तान्तरणमा एमाले र माओवादीका तर्फबाट भइरहेको ढिलाइप्रति सांसद देवकोटाले आक्रोश जनाएकी हुन् । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै देवकोटाले राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न अनाकानी गरिरहेको आरोप लगाइन् ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यस बेलाका प्रधानमन्त्री सुशील कोइरालाले पालमा प्रारम्भ भयो । शेरबहादुर देउवाको पालामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन बन्यो’, सांसद देवकोटाले भनिन्, ‘त्यही ऐन बमोजिम पदाधिकारी नियुक्त भए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राप्ती उपक्षेत्रीय अस्पतालले हस्तान्तरण गर्न मानिरहेको छैन ।’

केही चिकित्सक, माओवादी केन्द्र र एमालेका स्थानीय नेताहरूले अस्पताल र प्रतिष्ठनसँग राजनीति गरिरहेको उनले आरोप लगाइन् । ‘राजनीतिक दलका कारण प्रतिष्ठानका गतिविधिहरू सञ्चालन गर्न सकिएका छैनन्’, देवकोटाले भनिन्, ‘राप्ती उपक्षीय अस्पताललाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हस्तातरण गरियोस् । स्वास्थ्य जस्तो स्थानमा राजनीति गर्ने अखडा नगराइयोस् ।’

राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.जनार्दन पन्थी र माओवादी केन्द्रका स्थानीय नेता जीवन गौतमको मिलोमतोमा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पंगु बनाउने खेल भएपछि नेपाली कांग्रेसले संसदमा आवाज उठाएको हो ।

यसैबीच, कांग्रेस सांसद देवकोटाले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय पक्षबाट सीमा मिचिएको भन्दै भारतीय पक्षबाट ताण्डव नृत्यहरू भइरहेको आरोप लगाइन् । ‘गतसाल गोविन्द गौतमको भारतीय सीमा सुरक्षाकर्मीले गोली हानेर हत्या गरिएको थियो’, उनले भनिन्, ‘पुनर्वासको सुक्षामा सरकारले ध्यान देओस् । उग्रराष्ट्रवादको कुराभन्दा पनि कामबाट राष्ट्रवादी देखिन प¥यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*