Home / Feature Breaking news / बंगलाचुली २ मा काङ्ग्रेसको प्यानल बिजय

बंगलाचुली २ मा काङ्ग्रेसको प्यानल बिजय

हिमाल महरा जेष्ठ,१  बंगलाचुलि

बंगलाचुली गाँउपालिका वडा नं.२ मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार मैते पुन मगर विजयी भएको छन ।
पुनले ८०५ मत ल्यायर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका मेघराज राना ४४०, एमालेका झगलाल घर्ती मगरले १५८ मत मात्रै ल्याएका हुन । त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार बंगलाचुली वडा न. २ को ११५० मतमा पालिका अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुनले ८०१ निकटम प्रतिद्वन्द्वी एमालेक अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले १७९ मत प्राप्त गरेका छन्।
महिला सदस्य सुमाकुमारी घर्ती मगर, ५१८, दलित महिला सदस्य जानिकला देबि सुनार ५१७, खुल्ला सदस्य भुपेन्द्र मल्ल ४९९, खुल्ला सदस्य रुपेन्द्र बहादुर बस्नेत ४८८ मत लियर बिजयी भयको छन ।
उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले ८२३ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर १५३ प्राप्त गर्नु भयको छ । जम्माजम्मी १७ बदर भएको निर्वाचन अधिकृतले जानकारी दिनु भयको छ । सथै अहिले बंगलाचुली ३ र ८ नं. वडा को मतगणना जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*