Home / Feature Breaking news / प्राकृतिक विपद्वाट दाङमा २६ जनाको मृत्यु

प्राकृतिक विपद्वाट दाङमा २६ जनाको मृत्यु

दाङ ९ जेठ । एक बर्षमा जिल्लामा प्राकृतिक विपदमा परि २६ जनाको मृत्यु भएको छ । गतबर्षको बैशाखदेखि यसबर्षको चैत महिनासम्म जिल्लामा विभिन्न समयमा प्राकृतिक विपद्मा परि २६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सवैभन्दा धेरै सर्पदंशका कारण मर्नेहरु धेरै छन । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालका अनुसार एक बर्षमा संर्पदंसका कारण ३ जना महिला र ३ जना पुरुष गरि ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै करेण्ट लागेर र माटो ढिस्कोले पुरिएर पाँच÷पाँच जनाको यसबर्ष मृत्यु भएको छ । त्यस्तै आगलागीका कारण चार जना, पानीमा डुवेर चार जना र चट्याङका कारण दुई जना गरि जिल्लामा जम्मा २६ जनाको मृत्यु भएको हो । जसमा १४ जना पुरुष र १२ जना महिलाहरु रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक दाहालले जानकारी दिए । विप्दमा परि ६ जना घाइते भएका थिए । जसमा चट्याङका कारण एक जना, करेण्ट लागेर तीन जना र माटोको ढिस्कोले पुरिदा दुई जना घाइते भएका थिए ।

विपद्का कारण दुई सय १५ घरपरिवार विस्तावित भएका छन । जसमा सवैभन्दा धेरै हावाहुरीका कारण ६५ घरपरिवार, आगलागीका कारण ९१,भारी भर्षातका कारण ५८ र चट्याङका कारण एक परिवार विस्तापित हुनु परेको केन्द्रका संयोजक खिलानाथ ढकालले जानकारी दिए । जसमा दुई सय १५ महिला र दुई सय ४८ पुरुष गरि चार सय ६३ जना विस्तापित भएका छन् ।

विपद्का कारण जिल्लामा पशु चौपायाको समेत ठुलो क्षेती भएको छ ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार गत बैशाखदेखि चैतमहिनासम्म जिल्लामा हावाहुरीका कारण ८ सय ६३ पक्षी,आगलागीका कारण २७ पशु चौपाया र दुई सय तीन पक्षीको क्षती भएको छ । विभिन्न विपदका कारण जिल्लामा १२ करोड ७५ ला एक हजार पाँच सय ५० मुल्य बराबरको क्षती भएको छ ।

जसमा हालसम्म १२ लाख ५१ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयमाफर्त पीडित परिवारलाई राहत रकम उपलव्ध गराएको केन्द्रका सयोजक दाहालले जानकारी दिए । उनका अनुसार प्राकृतिक विपद् हावाहुरी, आगलागी, चट्याङ,बर्षात र पहिरोका कारण धेरै घर,गोठलगायत सरकारी संरचनामा समेत असर पु¥याएको छ ।

केन्द्रका कारण एक बर्षको अवधिमा हावाहुरीवाट ६५ वटा, आगलागीका एक सय दुई वटा, भारी बर्षातका ६० वटा,करेन्ट सम्वन्धी ११ वटा, पानीमा डुवेका ११ वटा,चट्याङक सम्वन्धी ८ वटा,सर्पदंश डसेका सात वटा, बाढीका कारण तीन गरि जिल्लामा विपद्वाट दुई सय ८० वटा घट्ना घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*