Home / Feature Breaking news / अब सुरक्षाको जिम्मा सेनालाई, प्रहरीलाई सीमामा खटाइने

अब सुरक्षाको जिम्मा सेनालाई, प्रहरीलाई सीमामा खटाइने

काठमाडौं : सरकारले देशभरका कारागार, ठूला विकास निर्माणस्थल, आयोजना तथा महत्वपूर्ण कार्यालयमा खटिएका सशस्त्र प्रहरी र प्रहरीको जनशक्ति सीमामा खटाउने निर्णय गरेको छ । गृह मन्त्रालयले सशस्त्र र प्रहरीको सुरक्षा जिम्मेवारी रहेका स्थानमा अब सेना खटाउने निर्णय गरेको हो ।

सीमा खटिएका सुरक्षाकर्मीको संख्या कम भएकाले सीमा अनुगमन प्रभावकारी नभएको र उनीहरूको सुरक्षा खतरा बढेपछि यस्तो निर्णय गरिएको हो । बैठकले सीमाबाट लुकिछिपि प्रवेश गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

त्यस्तै गृह मन्त्रालयले भारतमा फैलिदो कोभिड–१९ को संक्रमणकाबीच त्यहाँ रहेका नेपालीहरुको सुरक्षाका बिषयमा भारत सरकारसँग छलफल गर्ने भएको छ । नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तिव्रता दिने निर्णय भएको हो ।

लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १ हजार २ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*