Home / समाचार / महोत्तरीमा सीमा पार गर्दागर्दै ११ जना भारतीय मुस्लिम पक्राउ

महोत्तरीमा सीमा पार गर्दागर्दै ११ जना भारतीय मुस्लिम पक्राउ

महोत्तरी : महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएकाहरु रहेको बताइएको छ । उनीहरु एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका थिए ।

लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर भारत जान खोजेका थिए । पक्राउ परेकालाई प्रहरीचौकी कट्टिकटैयामा राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*