दाङ, २२ वैशाख
नेपालगञ्जमा बसेर केही दिन पहिले घोराही आएका एक युवासहित ६ जनालाई कोरोना संक्रमण चेकजााचकालागि राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
घोराही १४ का एक युवा लामो समय नेपालगञ्ज बसेर केही दिन पहिलेमात्र घर फर्किएको सुचना पाएपछि प्रहरीले उनीसहित ६ जनाको परिक्षण हुने भएको हो । २४ वर्षीय ती युवा, उनको परिवारका ४ जना र उनको एक जना साथी गरि ६ जनाको स्वास्थ्य जाँच गरिने भएको हो ।
नेपालगञ्जमा दुई दिनमा १६ जनामा कोरोना पुष्टि भएपछि नेपालगञ्जबाट आएका ती व्यक्तीमा पनि कोरोना भाईरस हुन सक्ने आशंका गरिएको हो ।
ती युवालाई अस्पताल पु¥याउनकालागी प्रहरी पुग्दा सम्पर्कमा नभएपनि उनको परिवारका सदस्यहरुलाई अस्पताल पु¥यार्एपछि आफै सम्पर्कमा आएका थिए ।