Home / Election / समानुपातिकको मतगणना सुरु, कांग्रेस पहिलो र एमाले दोस्रो

समानुपातिकको मतगणना सुरु, कांग्रेस पहिलो र एमाले दोस्रो

 

काठमाण्डौ,२३ मंसिर

निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ ।

माओवादीले १४३४ मत पाएको छ । त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा÷फोरमले २÷२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*