Home / मनोरञ्जन / टुटेका सपना जोड्दै ‘सपना’

टुटेका सपना जोड्दै ‘सपना’

दाङ,७ जेठ । बाल्यकाल देखिको कलाकार बन्ने उपद्रो रहर । मोडल बनेर कलाकारीता क्षेत्रमा स्थापित हुने बाल्यसपनाको ‘मुना’ चुँडिन्थ्यो । परिवार भन्थ्यो ‘यस्तो क्षेत्रको सपनै नदेख ।’ विद्यालयमा विभिन्न सांस्कृति कार्यक्रमहरु आयोजना हुन्थे । सांस्कृतिक कार्यक्रममा सहभागीता जनाई हाल्थिन् ।

नत समाज कलाकारीता प्रति सकारात्मक । यो क्षेत्र नै ‘नराम्रो’ हो भन्ने मानसिकताले जरा गाडेको समाजका अगाडी पनि कलाकार बनेर उभिने वातावरण भएन । सपना चापागाईँ मन भित्रै कलाकारीताको अथाह मोह पालेर विभिन्न सपनाका तानाबुना बुन्थिन मात्रै । ‘कतैबाट पनि सपोर्ट हुने कुरै भएन,’सिन्धुलिकी उनले भनिन् ‘सपोर्ट त के कलाकारीतालाई सकारात्मक तवरले हेर्न सम्म चाहिएन ।’

गत बर्ष अध्ययनका लागि उनि सिन्धुलिबाट काठमाडौँ हानिईन् । उच्च शिक्षाका लागि काठमाडौँ पुगेकी सपनाका लागि मोडल बन्ने बाल्य सपना पुरा गर्ने अवसर पनि थियो यो । उनले अध्ययनसंगै यो अवसरलाई पनि छोपिन् । विभिन्न गीतको भिडियोमा काम गर्दै आएका रुपेश खड्काले उनलाई पहिलो गीतमा अवसर दिए ।

‘पहिलो आधुनिक गीत गरेँ,’उनले भनिन् ‘पहिलो गीतमा अभिनय गर्न पाउँदा नामी मोडल बन्छु भन्ने मनोबल बढेर गयो ।’ आँफूले कलाकारितामा हात हालेको उनका अंकललाई मात्रै थाहा थियो । गीत सार्वजनिक भएपछि उनको परिवारले थाहा पायो ।
तर अफसोच परिवारले उनको यो कामलाई स्वीकार गरेन । ‘गीतको काम गर्दा सम्म अंकललाई मात्रै थाहा थियो,’उनले भनिन् ‘पछि गीत आएपछि घरमा थाहा पाउनु भयो, अनि बुवा म संग रिसाउनु भयो, धेरै दिन सम्म म संग बोल्दै बोल्नु भएन ।’

53646098_249169172628184_4164844943870787584_o

तथापी मनभित्र मौलाएको कलाकारिता मोहलाई उनले भंग गरिनन् । अनवरत म्युजिक भिडयोमा आँफूलाई प्रस्तुत गरिरहिन् । ‘गत बर्ष देखि काम गर्न सुरु गरेँ,’उनले भनिन् ‘अहिले मैले काम गरेका गीतहरु एक दर्जन पुग्नै लागे ।’ उनले आधुनिक संगै लोक गीतहरुमा समेत अभिनय गरेकि छन् ।

 

अहिले अध्यननसंगै कलाकारीतालाई समेत अगाडी बढाईरहेकी सपना कलाकारिता क्षेत्रमा आँफूलाई थप अब्बल सावित गर्ने योजनामा छिन् । भन्छिन् ‘मेरो बाल्यकाल देखिको सपना साकार पार्ने मिशनबाट कहिल्यै अलग हुँदैन ।’

उनको शारिरीक बनावट र सुन्दर चेहराका कारण गीतमा उनको खोजि बढ्दै गएको छ । ‘मेरो लुक्स र चेहरा भिडियोका लागि सुट छ भनेर अग्रजहरुले भन्नु हुन्छ,’उनले भनिन् ‘अनवरत यो क्षेत्रमा लाग्ने संकल्प गरेकि छु, हेरौँ समयले कति साथ दिन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*