Home / Feature Breaking news / मर्पाडाँडामा ओभरहेड ट्यांकीकाे शिलन्यास

मर्पाडाँडामा ओभरहेड ट्यांकीकाे शिलन्यास

नारायणपुर, ७ जेठ

नारायणपुर खानेपानी तथा सरसफाई उपभाेक्ता समितिले घाेराही उपमहानगरपालिका- ८ मर्पाडाँडामा निर्माण गर्न लागेकाे अाेभरहेड ट्यांकीकाे मंगलवार शिलन्यास गरिएकाे छ । २ लाख २५ हजार लिटर क्षमताकाे अाेभरहेड ट्यांकीकाे खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घाेराहीका प्रमुख गुणनिधी पाेख्रेलले गर्नुभएकाे थियाे ।
निर्माणकाे जिम्मा सगुन कन्ट्रक्सन बुटवलले लिएकाे छ । ८३ लाख ३३ हजारकाे लगानीमा अाेभरहेड ट्यांकीकाे निर्माणकाे काम १८ महिनामा पूरा हुने छ । पाँच नम्बर प्रदेशकाे सहयाेगमा सुरू भएकाे अायाेजना २ बर्षमा सम्पन्न हुने र अायाेजनाकाे लागत ८ कराेड रहेकाे खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घाेराहीले जानकारी दिएकाे छ ।

20190521_100505

नारायणपुर खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका अध्यक्ष कुलप्रसाद रजाैरे (श्रवण)काे अध्यक्षता एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घाेराहीका प्रमुख गुणनिधी पाेख्रेलकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा घाेराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चाैधरी, घाेराही खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका अध्यक्ष देवीबहादुर डिसी, तुलसीपुर खानेपानी उपभाेक्ता समितिका अध्यक्ष खेमराज वली, घाेराही उपमहानगरपालिका वडा नम्बर ८ सदस्य मुक्ता वादी, नारायणपुर खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका सल्लाहकार विष्णुप्रसाद दाहाल, निमावि दुन्द्राका अाेपेन्द्र खड्का, मर्पाडाँडा टाेल विकास संस्थाका अध्यक्ष धनिराम चाैधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

समितिका उपाध्यक्ष रेशमबहादुर बस्नेतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण महासचिव अशाेक शर्मा पाेख्रेलले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*