Home / Feature Breaking news / बैँककाे बार्षिक उत्सवमा अम्विकेश्वरी मन्दिर परिसर सरसफाई

बैँककाे बार्षिक उत्सवमा अम्विकेश्वरी मन्दिर परिसर सरसफाई

घाेराही, ७ जेठ
महालक्ष्मी विकास बैंक लिमिटेडकाे २५ अाैँ बार्षीक उत्सवकाे अवसरमा अम्बीकेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएकाे छ । बैंककाे सफलताकाे २५ अाैँ बर्षकाे अवसरमा घाेराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेकाे अम्विकेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएकाे हाे ।

बैंकका घाेराही शाखा प्रमुख हरि भट्टराईकाे अध्यक्षता एवं घाेराही उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख एवं घाेराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा अम्विकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिका अध्यक्ष कुमुद पाेख्रेल, नेपाल पत्रकार महासंघ दाङका काेषाध्यक्ष अार.के.शीतल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

बैंकका कर्मचारी कैलाश घिमीरेकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण एभरेष्ट ईन्स्वरेन्सका प्रबन्धक डा.लाेकराज पराजुलीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*