Home / समाचार / सयभन्दा बढी विद्यार्थीमा ज्वरो

सयभन्दा बढी विद्यार्थीमा ज्वरो

दोलखा — दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुस्थित हिमालय माविका विद्यार्थी, शिक्षकमा रुघाखोकी र ज्वरो फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

यहाँका १ सय २ विद्यार्थी र ६ शिक्षक रुघाखोकीसहित ज्वरोले थलिएका छन् । केही विद्यार्थीमा समस्या देखिए पनि बिहीबारबाट प्रकोप फैलिएको प्रधानाध्यापक कालु जिरेलले बताए ।

‘एक साताबाट केहीमा रुघा र ज्वरो देखिएको थियो,’ उनले भने, ‘हामीले सामान्य लियौं, आजबाट अवस्था जटिल हुँदै गयो ।’ ज्वरोको प्रकोप फैलिएपछि केही दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

‘कोरोनासँग मिल्दो लक्षण देखिएको छ, विद्यालय बन्द गरेर विद्यार्थीको निगरानी गर्न भनेका छौं,’ उनले भने, ‘स्वास्थ्यकर्मी परिचालन र परीक्षणका लागि जिल्लासँग सहयोग मागेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*