हापुर, १५ मंसीर
निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी प्रचारप्रसार पनि उमेद्वारहरुले तीव्र बनाएका छन् । घरदैलो र सभाहरुमा उनीहरु व्यस्त हुने गरेका छन् । मत कसरी आफ्नो पक्षमा पार्ने भनेर अन्तिम कसरतमा उनीहरु लागेका छन् । आफ्नो मतलाई कसरी सुरक्षीत गर्ने र अन्य मत कसरी थप्ने भन्ने दाउमा उमेद्वारहरु छन् ।
यसैक्रममा शुक्रवार घोराही उपमहानगरपालिका वडा नम्बर ११ मा सय बढि व्यक्ती अन्य दल छोडेर कांगेसमा प्रवेश गरेका छन् । एमाले र माओवदीले विभिन्न आश्वासन दिने तर कुनै बाचा पुरा नगर्ने गरको भन्दै उनीहरुले जनताको एकमात्र पार्टि कांग्रेसमा प्रवेश गरेको बताए ।
विभिन्न समुदायका व्यक्तीहरु त्यस अवसरमा कांग्रेसमा प्रवेश गरेका थिए ।
उनीहरुलाई क्षेत्र नम्बर २ को प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपाने र कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले टिका र मालाले स्वागत गर्नुभएको थियो ।