Home / Feature Breaking news / दाङमा थप ७६ जनामा कोरोना पुष्टि, बंगलाचुलीमा ४२ र घोराहीमा २५ जना संक्रमण

दाङमा थप ७६ जनामा कोरोना पुष्टि, बंगलाचुलीमा ४२ र घोराहीमा २५ जना संक्रमण

दाङ, १० असार ।

दाङमा एकैदिन ७६ जनामा कोरोना पुष्टि भएको छ ।

घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार गरिएको कोरोना परिक्षणका क्रममा दाङमा अहिलेसम्मकै सवैभन्दा धेरै ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमित हुनेहरुमा बंगलाचुली गाउँपालिकामा ४२ जना र घोराही उपमहानगरपालिकामा ३४ जना रहेका छन् ।

कोरोना पुष्टि हुनेमा बंगलाचुली गाउँपालिका वडा नं. २ का ४२ जना रहेका छन् । बंगलाचुली गाउँपालिकामा ५ बर्षका बालक र ७ बर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ । योसँगै दाङमा ३ सय ८० जनामा कोरोना संक्रमितको संख्या पुगेको छ ।

त्यसै गरी घोराही उपमहानगरपालिका वडा नं. १ मा २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु हर्नाेक क्वारेन्टाइनका रहेका छन् ।

त्यसै गरी घोराही–४ का ४ जना, घोराही–५ का ४ जना र घोराही १५ का एक जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ५बर्षदेखि ५७ बर्षसम्म रहेका छन् ।

यसैगरी प्युठानमा थप दश जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु प्युठानको माण्डवी गाउँपालिका १ का २ जना, २ का ३ जना, ३का २ जना, ४ का २ र ७ का १ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*