Home / Feature Breaking news / महायज्ञ सफल बनाउने प्रतिवद्धता

महायज्ञ सफल बनाउने प्रतिवद्धता

दाङ, १८ भदौ
मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञलाई सफल बनाउनकालागि सहयोग गर्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण गयिररहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ लाई सफल बनाउनकालागि सहयोग गर्ने विभिन्न क्षेत्रका अगुवाहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

महायज्ञको विषयमासोमवार घोराहीमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ उद्धेश्यकासाथ हुन लागेको महायज्ञलाई सफल बनाउनकालागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि बताएका छन् ।

महायज्ञ आयोजक मूल समितिका सह–संयोजक सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका विभिन्न विभिन्न वडाका जनप्रतिनीधीहरुले नयाँ एवं महान् उद्धेश्यकासाथ हुन लागेको यस महायज्ञलाई सफल बनाउनकालागि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने बताए ।

उनीहरुले महायज्ञको विषयमा आफ्नो वडाबासीहरुलाई जानकारी गराउने र उहाँहरुलाई यस अभियानमा सहभागी हुन अनुरोध गर्ने बताएका थिए ।

व्यवसायीक क्षेत्रका अगुवाहरुले बजार क्षेत्रमा अलपत्र बनेर हिडेका मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुलाई उचित व्यवस्थापन गर्नकालागि थालिएको यो महान् अभियानमा सम्पूर्ण उद्योगी व्यवसायीहरुको सहयोग हुने बताए ।

अन्य विभिन्न क्षेत्रका नेतृत्वकर्ताहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि निर्माण हुन थालेको भवनलाई पूर्णता दिनकालागि व्यक्तीगत एवं संस्थागत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

महायज्ञका निर्देशक डा. भोलानाथ योगीले जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।

उहाँले नयाँ एवं महान् उद्धेश्यकासाथ हुन लागेको यस महायज्ञलाई सफल बनाउनु जिल्लाबासीहरुको जिम्मेवारी पनि भएकाले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न उपसमितिहरुले हालसम्म गरेका कार्यहरुको बारेमा संयोजकहरुले जानकारी गराएका थिए । साथै सहभागीहरुले उपसमितिहरुलाई सल्लाह सुझाव दिएका थिए ।

महायज्ञको समय नजिकिदै गएकाले तयारीलाई थप तिब्रता दिने विषयमा पनि कार्यक्रममा छलफल भएको प्रचारप्रसार उपसमितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

१ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा हुने महायज्ञको मुख्य कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुहुने छ ।

महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखी हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र वेलुका ६ बजेदेखी महात्म्य कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

यसका साथै अन्य पूजाकालागि पूजा अनुष्ठा उपसमितिसँग सम्पर्क गर्न आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*