Home / Feature Breaking news / सांसदले पाए दशैं विदा
DCIM100GOPROG1381895.JPG

सांसदले पाए दशैं विदा

काठमाडौं,२५ असोज । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

हिन्दु नेपालीहरुको पर्व दशैं शुरु भइसकेको अवस्थामा अब सांसदहरुले पनि दशैं विदा पाएका छन् । धेरै सांसदहरु गाउँ गइसकेकाले उनीहरु सोमबारको बैठकमा पनि उपस्थित भएका थिएनन् ।

सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरिएको थियो । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए भने राष्ट्रियसभामा एमाले सांसदहरु मौन रहेर उभिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*