Home / समाचार / गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना

दाङ,२५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याएकोले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं संचार क्षेत्रमा क्रियाशील रहेका छन् । उनले रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १०गरी वटा उपन्यास लेखेका छन् । सपनाभित्रको सपना कथा संग्रह र सम्पादकीय (लेख संग्रह) गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् ।

दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक र सम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माता हुन । उनका ७ वटा गीतहरु रेकर्ड भएका छन् । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय प्रियासन जनसेवा पदकबाट विभुषित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*